काठमाडौँ । नेपालमा मंगलबार बिहानै २४ जना कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशका नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ।
निर्देशनालयका अनुसार, संक्रमितलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।
गण्डकी प्रदेशको म्याग्दी जिल्ला, बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४६ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।
यसैगरि बाग्लुङको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २१, २६ र २७ का ३ जना पुरुष र सोहि जिल्ला बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
