उद्यम विकास सहजकर्ता संघले राख्यो सरकारसमक्ष यस्ता माग

काठमाडौं । नेपाल उद्यम विकास सहजकर्ता संघले सरकारले प्रस्तुत गरेको आगामी बर्षको नीति तथा कार्यक्रममा गरिवी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने जनाएको छ ।

संघकी अध्यक्ष देवकी घिमिरेले एक बिज्ञप्ति जारी गर्दै लघु उद्यम बिकास कार्यक्रमका समस्याहरुका बारेमा सरकारलाई जानकारी गराएकी छिन् । चालु आर्थिक बर्षमा कोरोना भाइरस (कोभिड १९) का कारणले सातै प्रदेशमा कार्यक्रम स्थगित भएका र कागजी प्रक्रियामा रुमलिएको तथा लगानीको अनुपातमा प्रतिफल क्रमशः घट्दै गइरहेको जनाउँदै मेडपा (गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम) एक आर्थिक बर्षमा कम्तिमा ९ महिना संचालन हुनुपर्नेमा २ देखि ५ महिनामात्र संचालन हुने गरेको, प्रतिस्पर्धामा संस्था छनौट हुने भनिएपनि छनौट प्रक्रिया अस्वस्थ्य, र देखावटी प्रक्रिया मात्र संघले जनाएको छ ।

Advertisement

यस्तै जिल्ला घरेलु तथा साना उद्योग विकास कार्यालयहरुको समेतको मिलेमतोमा अति विपन्नका नाममा आएको कार्यक्रममा कार्यक्रम संचालन गर्ने सेवा प्रदायक संस्था र सरकारी निकायको संलग्तामा ब्यापक लापरवाहीका भ्रष्टाचार भएको प्रति समेत सरकारको ध्यानाकर्षण गर्दै छानविनको दायरामा ल्याई कारवाहीको माग पनि गरेको छ ।

घरेलु तथा साना उद्योग विकास कार्यालयले करारमा उद्यम विकास सहजकर्तालाई कमलरीको ब्यवहार गरेको यसको ब्यवस्थापनका लागि दरबन्दी अनुसार लोक सेवाआयोग मार्फत उद्यमविकास सहजकर्ताको पदपूर्तिको माग उसको छ ।

उद्यम विकास सहजकर्ताका माध्यमबाट स्थानीय स्तरमा उद्यमी सृजना गर्न सहजीकरण गर्न सकिने हुदा केन्द्र, प्रदेश तथा स्थानीय स्तरमा उद्यमविकास सहजकर्ताहरुलाई समावेश गर्न आग्रह समेत संघले गरेको छ ।

More News last news
Loading...