काठमाडौँ । नेपालमा आज थप ९ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिको परीक्षणमा उनीहरुका कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा रौतहटको इशनाथ नगरपाकिा २,३, ६, ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुषहरु र माधवनारायण–३ निवासी २८ वर्षीया महिला रहेका छन् ।
यस्तै, बाराको कलैयामाई–३ निवासी ३८ वर्षीय पूरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ।
संक्रमित मध्ये ३६ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने २ जनाको ज्यान गएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
