कास्कीका काँग्रेस नेता त्रिपाठीको निधन

लेखनाथ । नेपाली काँग्रेस कास्कीका नेता तथा समाजसेवी पोखरा २८ झाझरमाडे निवासी राजेन्द्रप्रसाद त्रिपाठीको ८४ वर्षको उमेरमा निधन भएको छ।

विसं २०१७ मा भूमिगत पार्टी सदस्यको रुपमा काम गरेका त्रिपाठी २०२८ सालमा तत्कालीन कालिका गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए ।

Advertisement

साविक कालिका गाविसमा पार्टीको संस्थापक सभापति रहेका उनले राजनीतिसँगै शिक्षा र धार्मिक क्षेत्रको विकासमा उल्लेख्य योगदान गर्नुभएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए ।

समाजमा निष्ठावान् र त्यागी व्यक्तिको पहिचान बनाएका उनका तीन छोरा र तीन छोरी छन्। सामाजिक क्षेत्रमा लामो समय योगदान पुर्याएका त्रिपाठीलाई ८४ पूजासँगै वैशाख २५ गते कालिकामा नागरिक अभिनन्दन र उनको जीवनसँग सम्बन्धित पुस्तक प्रकाशित गर्ने तयारी गरिए पनि बन्दाबन्दीका कारण स्थगित गरिएको नेपाली काँग्रेस कालिकाका पूर्वसभापति भानु ढकालले जानकारी दिए ।

स्व त्रिपाठीको पार्थिव शरीर आजै पोखरा रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टिमा पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्वजिल्ला सभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए । रासस

More News last news
Loading...