काठमाडौँ । नेपाल विद्यार्थी संघ र नेपाली काँग्रेस तारकेश्वर–४ ले काठमाडौँमा मशाल जुलुस निकालेको छ।

भारतीय विस्तारवाद र चीनले सगरमाथामा लगाएको गिद्धे दृष्टीको विरुद्ध तथा पक्राउ परेका आफ्ना अध्यक्ष र महामन्त्रीसहितका कार्यकर्ताको विनासर्त रिहाइको माग गर्दै राँके जुलुश प्रदर्शन गरेका हुन् ।

नेबि संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा भएको बिरोध प्रदशनमा, नेपाली काङ्ग्रेस तानपा–४ सभापति मनोज राना, महासमिति सदस्य डिल्लीराम सापकोटा, वरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल, विद्यार्थी नेताहरु सन्तोष गुरुङ, जीवन राना, सुशान्त आचार्य, सुदीप अधिकारी लगाएत रहेका थिए ।

यस्तैगरी स्थानीय नेताहरु देविराज छत्कुल्ली, खड्गबहादुर थापा,कृष्ण अधिकारी, रामशरण अधिकार, टेकनाथ दाहाल लगायतको उपस्थिति रहेको थियो। जुलुसमा सयौँ स्थानीयको समेत सहभागीता रहेको थियो ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
