पोखरा न्यूज । इरानी सैनिकको अभ्यासका क्रममा छोडिएको मिसाइल आफ्नै एक पानीजहाजमा खस्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
ओमानको खाडीमा शनिबार अपरान्ह नौसैनिक अभ्यासका क्रममा अभ्यास मै सहभागी कोनाराक नामक एक जहाजलाई जमारन नामक युद्धपोतबाट प्रहार गरेको मिसाइलले भेदेको थियो ।
पहिले घटनामा एक जनाको मात्र मृत्यु भएको जनाइएपनि पछि मृतकको संख्या वृद्धि गरिएको थियो । इरानको राष्ट्रिय सेना इस्लामिक रिभोलुसनरी गार्ड कर्पले घटना मानवीय त्रुटिले भएको स्पष्टीकरण दिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
