वैशाख २६ गते संसदको बजेट अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख २६ गते अपराह्न ४ बजे आह्वान गरेकी हुन्।

Advertisement

वैशाख २६ गते अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

More News last news
Loading...