काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।
यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो।
ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अन्यकाे परीक्षणकाे रिपाेर्ट आउन बाँकी छ ।
आज एकैदिन १६ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
यस अघि आजै १० जना नयाँ संक्रमित फेला परेका थिए ।
संक्रमितमध्ये उपचारपछि घर फर्किएका १६ जना संक्रमित मध्ये २ जनामा पनि पुनः कोरोना संक्रमण देखिएपछि उनीहरुलाई अस्पताल ल्याईएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
