काठमाडौँ । विश्वका विभिन्न देशमा १० लाखभन्दा धेरै कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित निको भएका छन् ।
दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३२ लाख १८ हजार जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा १० लाख ३३ जना निको भएको वल्डोमिटरले जनाएको छ ।
त्यस्तै सङ्क्रमितमध्ये १९ लाख ९० हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटले जनाएको छ । अहिलेसम्म भाइरसको सङ्क्रमणबाट दुई लाख २८ हजारभन्दा धेरैको ज्यान गएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
