कोरोनाको युद्ध जितेर घर फर्किए साढे ९ लाख संक्रमित

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित साढे ९ लाख संक्रमित उपचारपछि घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म ९ लाख ५३ हजार २४५ जना संक्रमित उपचारपछि घर फर्किएको विल्र्डमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ३० हजार ८५८ जना संक्रमित उपचारपछि घर फर्किएका छन्।

Advertisement

हालसम्म सबैभन्दा धेरै मानिस संक्रमित भएको अमेरिकामा १ लाख ४२ हजार १६२ संक्रमितको उपचार सफल भएको छ । अमेरिकामा हालसम्म १० लाख ३५ हजार ७६५ संक्रमित छन् ।

यस्तै बुधबार बिहानसम्म, चीनमा ७७ हजार ५५५, स्पेनमा १ लाख २३ हजार ९०३, इटलीमा ६८ हजार ९४१, फ्रान्समा ४६ हजार ८८६, जर्मनी १ लाख १७ जहार ४००, टर्की ३८ हजार ८०९, रसिया ८ हजार ४५६, इरान ७२ हजार ४३९, ब्राजिलमा ३२ हजार ५४४ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन्।

More News last news
Loading...