आज मेघ गर्जनसहित हावाहुरी र असिनासहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव परेको जनाएको छ।

यसका साथै बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाले जारी गरेको पूर्वानुमानमा हाल देशको केही स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको जनाइएको छ।

सोमबार दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

यसैगरी, राति देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले सोमबार पश्चिमी भू–भागका अधिकांश स्थानमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

More News last news
Loading...