काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता कुन्दन राज काफ्लेले आफ्नो विवाहको खर्च कटाएर कोरोना राहत कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् ।
नेविसंघका पूर्व महामन्त्री समेत रहेका नेता काफ्लेले आफ्नो विवाहको खर्च कटाएर स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मार्फत नेपाल सरकारको कोरोना राहत कोषमा दुई लाख रुपैयाँ सहयोग गरेका हुन्।
स्वास्थ्यमन्त्री ढकाललाई नेता काफ्ले र धर्मपत्नी मेनुका अधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका छन्।
काफ्ले र अधिकारी हिजो आइतबार वैवाहिक बन्धनमा बाँधिएका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
