काठमाडौँ । नेपालमा मङ्गलबार एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ ।
उदयपुरमा थप १० जनालाई आज एकैदिन कोभिड १९ को सङ्क्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शङ्कास्पद आएपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएकोमा नतिजा पोजेटिभ आएको हो ।
यसअघि मङ्गलबार नै उपयपुरमा अर्का एक जनालाई सङ्क्रमण भएको पाइएको थियो ।
योसहित उदयपुरमा मात्रै सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ भने देशभर सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
