भारत । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आफ्नै पिताको अन्त्यष्टिमा पनि अनुपस्थित नहुने भएका छन।
कठोर धार्मिक स्वभावका आदित्य आफ्नै पिताको अन्त्येष्टिमा पनि सहभागी नहुनुलाई अनौठो र अस्वभाविक घटनाको रुपमा लिइएको छ।
लकडाउनको कार्यान्वयन र कोरोनाभाइरस विरुद्धको लडाईंका कारण आफु पिताको अन्त्येष्टिमा सहभागी हुन नसक्ने उनले बताएका छन। उनको अन्त्येष्टि मङ्गलबार गरिने कार्यक्रम रहेको छ।
मुख्यमन्त्री योगीका पिता आनन्द सिंह विष्टको सोमबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
