काठमाडौं । नेपाल विद्यार्थी संघले शनिवार आफ्नो ५१ औं स्थापना दिवस मनाउँदै छ । २०२७ साल वैशाख ६ गते स्थापना भएको नेबिसंघले ५० औं बर्ष पुरा गरी ५१ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्थापना दिवस मनाउन लागेको हो ।
नेबिसंघले यसबर्षको स्थापना दिवस कोरोना (कोभिड १९) को महामारी रोकथाममा केन्द्रित हुने नेबिसंघले जनाएको छ । संघका महामन्त्री युवराज पाण्डेयका अनुसार लकडाउनबाट प्रभावित बनेको काठमाडौंमा डेरामा बस्ने विद्यार्थीहरु जसलाइ राज्यले अनागरिक ठान्दै आएको छ, त्यसैगरी दैनिक ज्यालादरी गर्ने मजदुरहरु एक् छाक समेत टार्न कठिन परेकाहरुलाई खाद्य र स्वास्थ्य सामाग्री वितरण गरिनेछ ।
यसैगरी प्रविधिको प्रयोग गर्दै संस्थापन देखि हालसम्मका अध्यक्षहरुसँग समसामयिक बिषयमा भिडियो मार्फत अन्तक्रिया कार्यक्रम समेत गरिने महामन्त्री पाण्डेले जानकारी दिए ।
यसैगरी केन्द्र र जिल्ला तहमा पनि राहत वितरण, रक्तदान कार्यक्रम र विविध रचनात्मक तथा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
