दमौली । तनहुँमा कोरोनाको आशंकामा परीक्षण गरिएका ४ सय ७३ जनाकै नतिजा नेगेटिभ आएको छ।
जिल्लाभरका १० स्थानीय तहमा केही दिनयता थालिएको द्रुत परीक्षणका क्रममा नमूना संकलन गरिएका सबैको रगत परीक्षण नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
सरकारले विदेशबाट आएका तथा संदिग्धसँग सम्पर्कमा रहेकाको द्रुत गतिमा परीक्षण गर्न थालेयता जिल्लाका स्थानीय तहका स्वास्थ्य एकाईमार्फत पनि परीक्षण थालिएको छ । यस्तो र्यापिड टेष्टका क्रममा हालसम्म कसैमा पनि कोरोना पोजेटिभ नतिजा आएको छैन।
कार्यालयका अनुसार चार दिनयता सबै तहमा विदेशबाट आएका व्यक्तिहरुको परीक्षण गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
