काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि देशैभर गरिएको लकडाउनबाट अति प्रभावितहरुका लागि नेपाली काँग्रेसका सांसद अतहर कमाल मुसलमानको नेतृत्वमा कपिलबस्तुका ७ सय परिवारलाई राहत वितरण गरेका छन् ।
नेपाली काँग्रेसबाट प्रतिनिधि सभामा सांसद रहेका मुसलमानको नेतृत्वमा आफ्नो गृह जिल्ला निर्वाचन क्षेत्र नं १ प्रदेश सभा (क) को वाणगंगा नगरपालिकाको लकडाउनबाट प्रभावित भएका अति विपन्न ७ सय परिवारलाई राहत वितरण गरेका हुन् । काँग्रेसका जिल्लास्तरीय नेता र भातृ संगठनहरु एकजुट भई प्रति परिपार १० किलो चामल, एक किलो दाल, एक किलो दाल, आधा लिटर तेलका दरले ७ सय राहत स्वरुप वितरण गरिएको हो ।
नेपाली काँग्रेस कपिलवस्तुले जिल्लाका बिपन्न नागरिकहरुका लागी “विपतको बेला गरिबको घरमा काँग्रेस” भन्ने अभियान नै चलाएर आफूहरु राहत वितरणमा खटिरहेको सांसद मुसलमानले नयाँपुस्तालाई बताए । उनका अनुसार मायादेवी गाउँपालिका र अन्य गाउँपालिका र वडाहरुमा पनि आवश्यकता अनुसार राहत वितरण भईरहेको छ र पार्टीले आवश्यकता हेरेर राहत वितरणलाई थप पारदर्शी बनाउदै लैजाने छ ।
यसैगरी काँग्रेस भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ कपिलबस्तुले राजमार्गमा गन्तब्यमा पुग्ने पैदल यात्रीलाई खाना खुवाउने अभियान समेत चलाईरहेका छन् । आफूहरुले राहत बाड्ने क्रममा विपन्न परिवारको लिष्ट बनाएर बाडिरहेको भएतापनि राहत पाउने ब्यक्तिको तस्बिर र परिचय सार्बजनिक नगर्ने निर्णय गरेको समेत उनले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
