काठमाडौँबाट घर फर्कन दिने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौ । सरकारले शुक्रबार र शनिबार काठमाण्डौ उपत्यकाबाट घर फर्कन पाउने निर्णय नभएको जनाएको छ।

यसबारेमा निर्णय नै हुन नपाइ सञ्चारमाध्यममा खबर आएको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलको सचिवालयले दावी गरेको छ।

Advertisement

तर यसअघि पोखरेलकै सचिवालयले शुक्रबार र शनिबार काठमाण्डौबाट घर फर्कन दिने, तर काठमाण्डौ आउन नपाउने निर्णय भएको जनाएको थियो।

तर सञ्चारमाध्यमा खबर सम्प्रेषण भएको केही समयपछि फेरि सचिवालयले घर पठाउने निर्णय नभएको जनाएको हो। ‘पक्का निर्णय नभइकन सञ्चारमाध्यममा गयो, निर्णय भएकै छैन’, रक्षामन्त्री पोखरेलको भनाइ उदृत गर्दै उनको सचिवालयले भनेको छ।

काठमाण्डौ अलपत्र परेकालाई घर फर्कन दिने निर्णय गर्ने तयारी भए पनि विभिन्न प्रदेश र जिल्लाबाट त्यसो नगर्न दबाब आएपछि सरकार पछि हटेको बुझिएको छ।

More News last news
Loading...