एजेन्सी। प्रायः तपाइ हामी सबैजना सुत्नका लागि मरिहत्ते नै गर्दछौं । कोहि त सुतेपछि आफ्ना महत्वपूर्ण काम सबै बिर्सिएर सुत्ने गरेको समेत पाइन्छ ।
हामी कामको तनावले गर्दा राती पनि आरामले सुत्न सक्दैनौँ । तर तपाइलाई अचम्म लाग्न सक्छ ? अब सुत्ने काम पेशाको रुपमा आइरहेको छ । हालसालै भारतको बेंगलुरुस्थित एक स्टार्ट अप कम्पनीले ९ घण्टा सुत्ने जागिरका लागि आह्वान गरेको हो ।
९ घण्टा सुत्नेलाई १ लाख भारतीय रुपैयाँ दिने पनि कम्पनिले भारतीय सञ्चारमाध्यामलाई बताएको छ । एक अनलाइन फर्म वेकफिटले सय दिन सम्म प्रत्येक रात सुत्ने मानिसलाई १ लाख दिने घोषणा गरेको हो ।
अनलाइन स्लीप सोलुन फर्मले आफ्नो यो कार्यक्रमलाई वेकफिट स्लीप इन्टर्नशीप नाम दिएको छ । सेलेक्ट गरिएको मानिसले प्रत्येक रात ९ घण्टा सुत्नुपर्ने हुन्छ । यसले मानिसको सुतिसकेपछिका गतिविधिहरु रेकर्ड समेत गर्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
