कर्कट राशि (हि.हु.हे.हो.डा.डि.डु.डे.डो.) । कर्कट राशि हुनेहरूको लागि यो वर्षको पूर्वार्ध अल्लि बढी संघर्षकर महसूस हुने देखिएको छ । कतिपय महत्त्वपूर्ण कामकार्यहरुमा रोकावट आउने छ भने व्यवसाय, पेशा एवं उद्यम तथा कर्मक्षेत्रबाट अल्पलाभ र उपलब्धिले चित्त बुझाउनु पर्नेछ।
दाम्पत्य सम्बन्धमा कष्ट एवं शंकाआशंका उब्जनसक्ने सम्भावना छ। कपटप्रेम तथा विवाह आदिमा कुटिल चालको षड्यन्त्रमा परिनसक्ने भय छ ख्याल गर्नुहोला । विश्वासघात, धोखाबाजीमा परिनसक्ने छ । कर्मक्षेत्र, नोकरी आदिमा अपयश तथा आलोचना आदिको सामना गर्नपर्नसक्ने छ।
घरपरिवारमा समझदारी कायम गर्न केही कठिन पर्नसक्ने छ । घरघडेरी जग्गाजमिनको पक्षमा पनि गोचर स्थितिले साथ दिनसकि रहेको देखिदैन । फलाम आदि धातु तथा सवारीसाधन आदि मेसिनरी संसाधनको प्रयोग गर्दा बढी होसियारी अप्नाउन उचित हुनेछ ।
पूरा राशिफल भिडियोमा हेर्नुहोस्
ज्योतिष तथा वास्तुसम्बन्धी थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नहोला ।
ज्यो.पं. वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)
९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४४३१७४७
Email : [email protected]
Facebook: https://www.facebook.com/astrologerde…
Twitter: https://twitter.com/astrodeepakguru
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
