नेपालमा लकडाउन कडा, प्रदेश, जिल्ला र पालिकाबीचको आवत जावत बन्द

काठमाडौँ । सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ। मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि लकडाउनको पूर्ण पालना नै राम्रो विकल्प भएको भन्दै कडाइ गर्ने भएको हो।

अब एक प्रदेशबाट अर्को प्रदेशमा जान निधेष गरिएको छ । यस्तै एउटा जिल्लाबाट अर्को जिल्लामा जान र एक पालिकाबाट अर्को पालिकामा जान पनि निधेष गरिएको छ।

Advertisement

यस्तै कैलाली, कञ्चनपुर र बागलुङमा सङ्क्रमित देखिएकाले ती जिल्लामा धेरै व्यक्तिको छिटोभन्दा छिटो परीक्षण गर्ने निर्णय भएको छ।

यस्तै स्वास्थ्यकर्मीलाई बीमा र प्रोत्साहन भत्ताको साथै स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने, पूर्णरुपले सुरक्षित बनाएर मात्रै उपचारमा लगाउने निर्णय भएको छ। स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्‍याउनेलाई तत्कालै कारबाही गर्ने निर्णय भएको छ।

More News last news
Loading...