काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म प्राप्त जानकारी अनुसार विश्वभर अहिलेसम्म कोरोना भाइरस ‘कोभिड १९’ को कारण ६० हजार ३७८ जनाले ज्यान गुमाएका हुन् । यसैगरी २ लाख ३५ हजार ९९९मानिस निको भएका छन् । चीनको वुहानबाट ३ महिनाअघि उत्पति भएको यो भाइरसले विश्वलाई निकै ठूलो नोक्सानी पुर्याएको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमण २०५ देशमा फैलिसकेको छ भने भाइरसबाट सबैभन्दा धेरै मृत्यु इटालीमा १४ हजार ६ सय ८१ जनाको भएको छ । यस्तै अमेरिकामा ७ हजार ४०६, स्पेनमा ११ हजार ७४४, फ्रान्समा ६ हजार ५०७ जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार ३२६ जनाको मृत्यु भएको छ ।
इरानमा ३ हजार ४५२, ब्रिटेनमा ३ हजार ६०५, जर्मनीमा १२ सय ७५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ९ जना संक्रमित भएकोमा एक जना उपचार पश्चात घरमा फर्केका छन् भने बाँकी ८ जनाको आईसोलेसनमा राखि उपचार हुँदैछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
