काठमाडौँ महानगरपालिका १४ द्वारा करिब १००० परिवारलाई राहत वितरण

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १४ ले आफ्नो वडामा रहेका करिब एक हजार जना पीडितलाई राहात वितरण गरेको छ।

Advertisement

वडाको कलंकी स्थित कार्यालयले वडाभरीमा ५ वटा बुथमा विभाजन गरी बुथ बुथमा सामान पुर्याएर वडावासीलाई राहत वितरण गरेको वडा अध्यक्ष शोभा सापकोटाले बतईन्।

अध्यक्ष सापकोटाले भनिन्, यसअघि हामीले करिब ३ सय जनालाई राहात बाँडेका थियौँ। आज ८–९ सय जनालाई राहात वितरण गरेका छौँ । भोलि पनि वितरण गर्ने कार्यक्रम छ।

आज वडाले सन्तोषी माता मन्दिर टोल, मालपोत, लामपाटी लगायतका स्थामा राहत बाँडेको हो भने भोलि भोली खड्कागाउँ, कुलेश्वर, बल्खु, लिंक मार्ग लगायत स्थानमा राहात बाँड्ने कार्यक्रम रहेको छ।

वडाभर राहत वितरण प्रभावकारी बनाउन वडाअध्यक्षको नेतृत्वमा ५१ जनाको मूल कमिटि गठन गरिएको छ। वडाले वडाभरी किटनासक औषधि छर्ने काम समेत छरेको छ।

यसरी विश्वभर संक्रमणको सञ्त्रास फैलिएको विषम परिस्थितिलाई मध्येनजर गर्दै वडा नं १४ अन्तर्गत बसोवास गर्दै आएका विपन्न तथा श्रमीकवर्गलाई राहत बाँडेको हो।

यस्तै वडाको पहलमा सामुदायिक प्रहरी र माडवारी समाजको सहयोगमा कुलेश्वर महादेव मन्दिर परिसरमा निशुल्क खानाको पनि व्यवस्था गरेको छ। उक्त स्थानमा करिब एक सय जनाले खाना खाने गरेको पनि अध्यक्ष सापकोटाले बताईन्।

हालसम्म विश्वका २०३ देशमा फैलिएको कोरोना भाइरसको महामारीसँगै नेपालमा पनि यसको प्रभाव परको छ। नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ६ जना मानिस संक्रमित भएका छन्। जसमध्ये पहिलो एक जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्यको उपचार जारी छ ।

कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले चैत्र ११ गतेबाट मुलुकभर लकडाउन घोषणा गरेको छ । यो लकडाउन यहि चैत्र २५ गतेसम्म रहने छ।     

More News last news
Loading...