चन्द्रागिरीमा मृत अवस्थामा महिलाको शव फेला

काठमाडौं । चन्द्रागिरि नगरपालिका सरस्वती मन्द्रिरबटा २०० मिटर नजिक एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।

धादिङ घर भएकी अन्दाजी ४४–४५ वर्ष उमेरकी महिला मृत अवस्थामा भेटिएकी हुन् । उनको हुलिया र नाम भने खुलिनसकेको थानकोट प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार नगरपालिका वडा नम्बर ३ थानकोट जगतटारमा सडकको किनारामा उनी मृत अवस्थामा भेटिएकी हुन् । मृतक महिलाको शव पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।

मृतकबारे थप अनुसन्धान भइरहेको थानकोट प्रहरीले जनाएको छ ।

More News last news
Loading...