कलंकी, सोल्टीमोडसहित काठमाडौँ–१४ मा ‘घरदैलो खाद्यन्न अभियान’ हुँदै (विज्ञप्तिसहित)

काठमाडौं ।  काठमाडौँ महानगरपालिका वडा–१४ ले कोरोना भाइरसका कारण लकडाउन अवस्थामा रहेका वडावासीलाई भाटभटेनीको सहकार्यमा ‘घरदैलो खाद्यन्न सामाग्री अभियान’ सञ्चालन गर्ने भएको छ।

दैनिक उपभोग्य सामग्री आवश्यक भएमा  वडाकार्यालयले उपलव्ध गराएको नम्वरमा सम्पर्क गरी उपभोग्य सामान मगाउन सकिने वडाध्यक्ष शोभा सापकोटाले जानकारी गराईन् ।

Advertisement

वडा कार्यालयले निम्न सम्पर्क नम्बरहरु ९८५१२७९९१४ शोभा सापकोटा–वडाध्यक्ष, ९८४१७१८९८२  रश्मी खड्का–वडा सदस्य, ९८१४५१६७८० बिनोद थापा–वडा सदस्य, ९८४१२०३६०७ बसन्त महर्जन–वडा सदस्य, ९८६१८१७१९४ उर्मिला सेन्चुरी–वडा सदस्य उपलब्ध गराएको छ ।

साथै वडाध्यक्ष सापकोटाले, ‘दैनिक कमाइ गरि साँझ बिहान जीवन गुजारा गर्ने न्यूनआय भएका वडावासीलाई वडा कार्यालयले निःशुल्क खाद्यन्न उपलब्ध गराउने समेत बताए ।’

वडाध्यक्ष सापकोटाले निःशुल्क खाद्यन्न सामाग्रीका लागि सम्पर्कमा आउन समेत अपिल गरेका छन् । निःशुल्क खाद्यान्नमा १० किलो चामल, नुन, तेलसहित खाद्यन्नको राहत प्याकेज रहेको जानकारी गराईन् ।

 

More News last news
Loading...