काठमाडौं । नेपाली काँग्रेस नवलपरासी (ब.सु.प) का सभापति बिष्णु प्रसाद पौडेलले कोरोना संक्रमणको चपेटामा परेका गरिब तथा दुखीहरुका लागि प्याकेजमा राहतको व्यबस्था गर्न माग गरेका छन् ।
उनले सम्पूर्णमा सचेत हुन अपिल गर्दै सरकार सामु यस्तो माग गरेका हुन् । यस्तै उनले कोरोना संक्रमणबाट जोगाउनका लागि सम्पूर्ण जिल्ला कार्यसमिति र भातृ संगठनहरुलाई सक्दो सहयोग गर्न समेत अपिल गरेका छन् ।
यस्तै लकडाउनका समयमा घरमा बस्न, साबुन पानीले हात धुन, भिडभाडमा नजान र संक्रमणको आशंका भएमा तत्काल हस्पिटल जान समेत सुल्झाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
