लकडाउनका बेला काठमाडौँमा समस्यामा परेका संखुवासभावासीलाई जुनसुकै बेला सहयोग गर्छु : नेता खड्का

काठमाडौं । नेपाली कांग्रेस युवा नेता दिपक खड्काले कोरोना भाइरस (कोभिड–१९) को यस विपत्तिको अवस्थामा काठमाडौंमा बस्दै आएका संखुवासभाका विद्यार्थी, ज्यालादारी मजदुर र विपन्न वर्गलाई कुनै समस्या परेमा आफुँ जुनसुकै बेला सहयोग गर्न तयार रहेको बताएका छन् ।

पूर्व सरसफाइ तथा खानेपानी मन्त्रीसमेत रहेका खड्काले लकडाउनको समयमा काठमाडौँमा रहेका संखुवासभाका विद्यार्थी, ज्यालादारी मजदुर तथा विपन्न वर्ग समस्यामा परेकाे भएमा आफुँले सग्दाे सहयाेग गर्ने बताएका हुन् ।

Advertisement

नेता खड्काले भने, देश नै संकटमा परेको बेला हामी सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । विश्वमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि हामी आफैँले सजगता अपनाउनुपर्छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरससँग जुध्न सरकारले गरिरहेका प्रयत्नहरुलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व हो ।

लकडाउनको पालना गरेर जनताले यो संघर्षप्रति एक्यवद्धता जनाइरहेका छन्। लकडाउनले दैनिक गुजारा चलाउन कठिनाइ भएको छ यस्तो परिस्थितिमा काठमाडौँ बस्नु भएका संखुवासभा निवासी विद्यार्थी श्रमजीवी तथा विपन्न वर्गलाई केही समस्या परेमा आफ्नो सचिवालय मार्फत सहयोग गर्ने नेता खड्काले बताएका छन्।

आइतबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ५ जना मानिस संक्रमित भएका छन् । जसमध्ये एक जनाको उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

More News last news
Loading...