सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले “थोरै थोरै बचतको निरन्तरता, छाउने छ जीवनमा सम्पन्नता ” भन्ने सोचका साथ सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ ।
यो योजना न्यूनतम मौज्दात रु ५०० बाट सुरु गर्न सकिनेछ । यस मुद्दती योजना अन्र्तगत ग्राहकले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस योजना अन्र्तगत ३ वर्ष सम्म ब्याजदरमा कुनै परिर्वतन नहुने बैंकले जनाएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटिएम रहेका छन् । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
