बलात्कार आरोपित सिद्धबाबा पुर्पक्षका लागि जेल चलान

काठमाडौं । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

उनी मङ्गलबार जिल्ला अदालत सुनसरीमा हाजिर भएका थिए । जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत विराटनगरको आदेश कार्यान्वयनका लागि फैसला सुनाएको जानकारी दिए । यसअघि उच्च अदालत विराटनगरले थुनाको आदेश सुनाएपछि गिरी जोगबनी नाका हुँदै भारततिर भागेका थिए ।

Advertisement

उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा गएको मंसिर दोस्रो हप्ता पक्राउ परेका ४६ वर्षका गिरी जिल्ला अदालत सुनसरीको आदेशमा गएको पुस १४ गते तीन लाख रुपैयाँको धरौटीमा रिहा भएका थिए । जिल्ला अदालत सुनसरीको आदेशमा रीत नपुगेको भन्दै सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालतमा निवेदन दिएको थियो ।

निवेदनमाथि सुनवाई गर्दै उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

More News last news
Loading...