चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले बिहिबार कानुनी रुपमा विवाह गरेका छन् । उनीहरुले जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिहे गरेका हुन् ।
यस विवाहमा दुवै पक्षका पारिवारिक सदस्य मात्र सहभागी भएका थिए । १ वर्षअघि इङगेजमेन्ट गरेका उनीहरुले केहीदिन अघि मात्रै मेहेन्दी, संगीत समारोहको आरोप गरेका थिए ।
यसैबीच पश्चिमा संस्कृतिलाई पछ्याउदै नायिका कार्कीले थाइल्यान्ड पुगेर ब्याच्लर पार्टी समेत मनाएकी थिइन्।
यस्तै, कार्कीको नक्कल गर्दै आयुष्मानले समेत पोखरामा ब्याच्लर पार्टी मनाएका थिए । विवाहको कुरालाई लिएर उनीहरुले गर्ने गरेका विभिन्न प्रकारका समारोहलाई कतिले बयान गरेका छन् भने कतिले चटकको रुपमा लिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
