नयाँ पुस्ताका कार्यकारी सम्पादक गोबिन्द मरासिनी सम्मानित

काठमाडौँ । नयाँ पुस्ताका कार्यकारी सम्पादक गोबिन्द मरासिनी सम्मानित भएका छन्। सञ्चार जगतमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार मरासिनीलाई स्याङ्जाको लत्रेपिपल क्लबले सम्मान गरेको हो।

लत्रेपिपलमा आजदेखि सुरु भएको लत्रेपिपल तथा साँस्कृतिक मेला–२०७६ को उद्घाटन समारोहमा पुतलीबजार नगर प्रमुख सीमा क्षेत्रीले प्रमाणपत्र र क्लवका अध्यक्ष ध्रुव शर्माले माला लगाएर सम्मान गरेका हुन्। विशेषतः स्याङ्जा जिल्लाको पर्यटन र कलाकारिता क्षेत्रमा कलम चलाउँदै आएका मरासिनी विगत ३ वर्षदेखि नयाँ पुस्तामा कार्यरत छन्।

Advertisement

उनका विभिन्न पत्रपत्रिमा स्वतन्त्रपूर्वक आलेखहरु प्रकाशित छन्। सेतोपाटी डटकम, गोरखापत्र, राजधानी दैनिकलगायतका पत्रिकामा उनका विभिन्न आलेखहरु प्रकाशित छन् । मरासिनी समुद्रपारी डटकम, दर्पण संसार डटकम, इमेज च्यानल टेलिभिजन, काठमांडु प्रेस लगायतका मिडियामा काम गरेको अनुभव छ ।

कार्यक्रममा वडा न ३ कार्यबहाक सभापित तेजप्रसाद शर्मा, पर्यटन प्रबर्द्धक अन्नत कुमार श्रेष्ठ, काँग्रेस नेता दिर्घ नारायण मरासिनी, रेडियो स्याङ्जाका प्रबन्धक रमेश गोदार लगायतको पनि सहभागीता रहेको थियो । मेला आइतबार सकिएको छ ।

More News last news
Loading...