प्रतिपक्षी कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

शुक्रबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदहरु उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्दोषलाई पक्रिएर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

Advertisement

सांसद मिन विश्वकर्माले ‘बाख्री हरायो होइन, तस्कर पल्कियो’ भन्ने चिन्ता बढेको भन्दै कसुरदारले उन्मुक्ति पाउने र निर्दोष थुनिने कुरा सामान्य प्रशासनको पद्धतिविरुद्ध रहेको दावी गरे । उनले भन्नुभयो, ‘बालुवाटार परिसर साँघुरो भयो । विस्तार गर्ने योजना प्रधानमन्त्रीलाई मनपर्यो ।अनि योजना मागेर प्रस्ताव लैजाँदा स्वतः सामान्य प्रक्रियाबाट गएको मन्त्रीलाई कसुर सजायको माग गर्ने ।

जसले निर्णय गर्नुभयो,  निर्णय गर्ने व्यक्ति चाहिँ निर्दोष ठहरिने ’सरकारको नियोजित कार्यक्रमभित्र रहेर अख्तियारले पूर्वाग्रही व्यवहार गरेको भन्दै उनले गम्भीर आपत्ती जनाए । न्याय निरुपण गर्ने निकायलाई नै छायाँमा पारेर सरकारले त्यसको कामलाई आफ्नो उपलब्धि भनेर व्याख्या गरेको  आरोप लगाए ।

More News last news
Loading...