काँग्रेसलाई एकतावद्ध बनाउन पहिला गुटगत राजनीति अन्त्य हुनुपर्छ: नेता जोशी

रुपन्देही । वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले नेपाली काँग्रेसलाई एकवद्ध बनाउनको लागि गुटगत राजनीतिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

वीपी विचार समाज रुपन्देहीको आयोजनामा बुधवार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता जोशीले गुटगत राजनीतिकै कारण पार्टी निरन्तर कमजोर हुँदै गएको दाबी गरे ।

Advertisement

समाजका रुपन्देही सभापति सरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेता जोशीले वर्तमान समयमा वीपीको विचारको महत्वका बारेमा चर्चा गरेका थिए ।

सोही कार्यक्रममा बोल्दै वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले केन्द्रीय प्रतिनिधिको देशब्यापी भ्रमणको उदेश्यका बारेमा प्रकाश पारेका थिए ।

उनले वीपीको विचारलाई पार्टीभित्र स्थापित गर्नको लागि आफूहरुले देशब्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गरेको जानकारी दिए । काँगे्रसभित्र मौलाउँदै गएको गुटगत राजनीतिको अन्त्यका लागि समाजले अग्रसरता देखाएको उहाँको भनाई छ।

सोही कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य सुरेन्द्र हमाल, समाजका रुपन्देही सभापति सरद भट्टराई,बुटवलका नगरसभापति नारायण अधिकारी, क्षेत्र नंवर २ का क्षेत्रीय सभापति हरि अर्याल, क्षेत्रीय प्रतिनिधि वेदनिधी पौडेल, वीपी विचार समाजका सदस्य प्रकाशचन्द भुसाल, देवदह नगरपालिकाका नगर सचिव शंकर गिरी, प्राध्यापक आशिस न्यौपाने लगायतले आफ्ना विचार राखेका थिए ।

More News last news
Loading...