बर्दियामा नेकपालाई झड्का, सय वढी काँग्रेसमा प्रवेश

बर्दिया ।  बर्दियाको बारबर्दिया नगरपालिका बडा नं ९ को बनगाईका करिब सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

आईतबार नेपाली काँग्रेस बारबर्दिया नगरपालिका बडा नं ९ को बडा कमिटी द्वारा आयोजित कार्यक्रम‌मा नेपाली कांग्रेस बर्दियाका सभापति संजय कुमार गौतमले नव प्रवेशीलाई स्वागत गरेका हुन् । हालको कम्युनिस्ट सरकार जनताको इच्छा विपरीत चलिरहेको र कम्युनिष्ट मार्फत देशको भविष्य अन्धकारमयको बाटोमा जाने देखेर नेकपा परित्याग गरेको नेपाली काँग्रेसमा प्रवेश गरेका हरि बहादुर खड्काले बताए ।

Advertisement

कम्युनिस्ट सरकारले जनताका लागि नभई आफ्ना नजिकका झोले चाकडिबाजले मात्र सुविधा पाउने गरेको र विकास निर्माणका कार्यमा उच्चतम भ्रष्टाचारलाई प्रसय दिइरहेकाले पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसमा नयाँ प्रवेशी शिवराम खत्रीले भने ।

नेपाली कांग्रेस सदैव देश र नेपाली जनताको पक्षमा रहिआएको नेपाली कांग्रेस बर्दियाका सभापति एंव संघीय सांसद संजय कुमार गौतमले बताए । शनिबार पनि गुलरिया नगरपालिका वडा नं १ मा करिब ६० जना बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

More News last news
Loading...