पोखरा । पोखरा विमानस्थलबाट २२ बिओआर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २७ रिठेपानी बस्ने वर्ष ४० का जितु शाही हुन् ।
बिहान सवा १० बजे यती एयरलाइन्सबाट काठमाडौं जाने क्रममा उनले बोकेको झोला एक्से मेसिन सहयोगमा चेकजाँच गर्ने क्रममा सो गोली भेटिएपछि उनी पक्राउ परेका हुन् ।
पक्राउ परेका शाहीमाथि आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
