काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलाएको छ ।
कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ । जसमा खुला तर्फ ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग भएको छ।
इच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् । यी सबै पदका लागि सातै प्रदेशका प्रहरी मुख्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले आफ्नो सूचनामा उल्लेख गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
