काठमाडौं । नेपाली काँग्रेसका नेता एव सांसद सञ्जयकुमार गौतमले ‘भिजिटिङ कार्ड’ मार्फत आफ्नो गृह जिल्ला बर्दियाको पर्यटन प्रबद्र्धन गरेका छन् ।
सरकारले अंग्रेजी बर्ष २०२० लाई भ्रमण बर्ष मनाईरहँदा बर्दियाबाट सांसदमा निर्वाचित भएका गौतमले बर्दियाको चिनारी झल्कने चित्रसहित कार्ड आफ्नो भिजिटिङ कार्डमा राखेर पर्यटन प्रबद्र्धनमा सघाउ पुर्याएका हुन् ।
नेपाली काँग्रेस जिल्ला सभापति समेत रहेका गौतमले आफ्नो भिजिटिङ कार्डमा बर्दियामा पर्यटक आकर्षित हुने बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने बाघ, एक सिंगे गैडा र कर्णाली पुल लगायतका तस्बिरहरु समावेश गरेका छन् । सरकारले भ्रमण बर्ष मनाइरहेको बेलामा आफ्नो गृह जिल्लामा पर्यटकहरुको आगमन वढाउनका लागि आफूले यो सानो कामको थालनी गरेको गौतमले नयाँ पुस्तालाई बताए ।

सांसदको हैसियतले गरिने बिदेश भ्रमण वा स्वदेश भ्रमणका बेला सम्पर्कका लागि भिजिटिङ कार्ड दिदाँ विभिन्न तहका ब्यक्तिहरु उक्त तस्बिरका बारेमा चासो राख्ने र बर्दिया भ्रमणमा उत्साहित हुने गरेकाले उहाँले भ्रमणको निम्तो समेत दिने गरेका उनका स्वकीय सचिव बिषेश गौतमले जानकारी दिए ।
यसअघि नेपाल सरकारको मन्त्री हुँदा होस् वा संविधानसभाको सदस्य रहेका बेला पनि उनले बर्दियाको पर्यटन प्रबद्र्धनमा ठूलो सघाउ पुर्याएको स्थानीयहरु बताउँछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
