काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ ।
सुनको भाउ तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तोलामा ४ सय रुपैयाँ बढेर सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी आज तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
