दाङ प्रदेशसभा ३ (ख) मा नेकपाको अग्रता

दाङ । दाङको प्रदेशसभा ३ (ख) को उपचुनावको मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपाले सुरूवाती अग्रता लिएको छ ।

नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री (वली) ले ८४० मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याईरहेका कांग्रेसका उम्मेदवार केशवराज शर्माले २६३ मत प्राप्त गरेका छन् ।

Advertisement

जिल्ला समन्वय समितिको सभाहलमा मतगणना बिहान ९ बजेबाट सुरू भएको हो । जम्मा ६८ हजार ७ सय १९ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो ।

More News last news
Loading...