काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ घटेको छ। हिजो बिहबार तोलामा ६ सय रुपैयाँ बढेको सुनको भाउ आज २ सय रुपैयाँ घटेको हो ।
आज छापावाल सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहिबार सुन ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
