सांग्रिलाको १५औँ वार्षिकोत्समा प्रभातफेरी तथा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पुुरा गरी १६औँ बर्षमा प्रवेश गरेको अवसरमा शनिबारका दिन प्रभातफेरी आयोजना गरेको छ।

बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रिय कार्यालय बालुवाटार आई सम्पन्न भएको थियो।

Advertisement

‘‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ्ग पहुँच’’ भन्ने मूल नारालाई मनन् गरी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाडौँमा कार्तिक १५ गते शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

वार्षिक उत्सवकै अवसरमा आईतबार नेपालगञ्ज क्षेत्रीय कार्यालय तथा गल्छी शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो भने बैंकको सातवटै प्रदेश कार्यालयबाट सरसफाई लगायतका विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको थियो ।

More News last news
Loading...