नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं १ को सभापतिमा रेग्मीको उम्मेदवारी

स्याङ्जा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढिरहेका बेला स्याङ्जा क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमारामचन्द्र रेग्मीले उम्मेदवारी प्रस्तुत गरेका छन्। लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रेग्मीले पार्टी संगठनलाई स्थानीय तहसम्म थप सुदृढ बनाउने लक्ष्यसहित क्षेत्रीय सभापतिमा दाबी गरेका हुन्।

तत्कालिन पौवैगौडे गा वि स–१ हालको पुतलीबजार नगरपालिका ५ मा जन्मिएका रेग्मीको राजनीतिक यात्रा पञ्चायतकालदेखि नै सुरु भएको हो। पञ्चायतकालमै ‘चार तारे युवाक्लब’ स्थापना गरी सामाजिक गतिविधिमार्फत राजनीतिक चेतना र संगठन निर्माणमा सक्रिय बनेका रेग्मीले त्यही यात्रालाई क्रमशः नेपाली कांग्रेसको राजनीतिसँग जोड्दै लगे। स्नातक तहसम्मको अध्ययन पूरा गरेका रेग्मी सामाजिक कामसँगै पार्टीसंगठनमा समेत निरन्तर क्रियाशील रहँदै आएका उनको राजनीतिक परिचय विभिन्न जिम्मेवारीबाट बनेको देखिन्छ।

Advertisement

रेग्मीको सार्वजनिक तथा राजनीतिक यात्रामा  पुतलीबजार नगरपालिका–५ का वडाध्यक्ष, नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधि, ट्रेड युनियन कांग्रेस स्याङ्जाका जिल्ला सचिव तथा ने.वि. संघ स्याङ्जाका जिल्ला उपाध्यक्ष लगायतका जिम्मेवारी सम्हालिसकेका  छन्। रेग्मी नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा जिल्ला सचिबमा झिनो मतान्तरले पराजित भएपनि उनी नेपाली कांग्रेसका हरेक क्रियाकलापमा सक्रिय सहभागी हुँदै आएका थिए ।

पार्टीको तल्लो तहदेखि संगठन निर्माण र सामाजिक क्षेत्रमा काम गर्दै आएको अनुभवलाई क्षेत्रीय नेतृत्वमा उपयोग गर्नेउद्देश्यसहित आफू सभापतिको उम्मेदवार बनेको रेग्मीको भनाइ छ। समाजसेवाबाट सुरु भएको यात्रा, संगठनको अनुभव रलामो राजनीतिक सक्रियतालाई आधार बनाएर रेग्मीले क्षेत्रीय नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।

More News last news
Loading...