नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नयाँ तीज गीत ‘घरबेटीकी छोरी’ सार्वजनिक भएको छ।सोमबार साँझ नेत्र खड्का युट्युब च्यानलबाट सार्वजनिक तीजको सांस्कृतिक र सामाजिक परिवेशलाई मनोरञ्जनसँग जोड्दैतयार पारिएको गीतमा नेत्र खड्का, सुनिता पौडेल गौतम, सीता ढकाल कोइराला र प्रदीप खरेलको स्वर रहेको छ। गीतकाशब्द तथा संगीत राजेश भण्डारीले सिर्जना गरेका हुन् भने कृष्मा लामिछानेले एरेन्ज तथा मिक्स/मास्टरिङ गरेका छन्।
‘घरबेटीकी छोरी’को भिडियो निर्माणलाई पनि विशेष आकर्षक बनाइएको छ। राजेश भण्डारीको निर्देशन, ईश्वर श्रेष्ठको छायांकन तथा आयुषा खत्रीको कोरियोग्राफी रहेको भिडियोमा राजेश भण्डारी, सोनु परियार, लेखनाथ गहतराज र मञ्जु खनालको अभिनय देख्न सकिन्छ। बिनिता गुरुङको मेकअप तथा सुभाष अम्गाईको भिजुअल एडिटिङ/कलरले भिडियोकोप्रस्तुतिलाई थप प्रभावकारी बनाएको छ।
गीतमा तीजको रमाइलो, सामाजिक परिवेश, सम्बन्ध र नेपाली मौलिकतालाई संगीत तथा दृश्य कथामार्फत प्रस्तुत गर्ने प्रयासगरिएको छ। परम्परागत तीज गीतको भावनासँग आधुनिक प्रस्तुति र मनोरञ्जनको संयोजन गरिएको ‘घरबेटीकी छोरी’लेतीजको सांगीतिक माहोललाई थप रंगीन बनाउने अपेक्षा गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
