सहयात्रीको वक्तृत्वकला प्रतियोगितामा जेयुशाको दमदार प्रस्तुति, ओजस्वी द्वितीय र सलिशा तृतीय

सहकारीलाई बचत ऋणको सीमाभन्दा माथि उठाउँदै यसको अवसर, चुनौती सामाजिक भूमिकाबारे विद्यार्थीको दृष्टिकोणमुखरित गर्ने उद्देश्यले सहयात्री कोअपरेटिभ लिमिटेड, पुतलीबजार, स्याङ्जाले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमाआयोजना गरेको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। सहयात्री कोअपरेटिभ लिमिटेडकोवार्षिकोत्सवका अवसरमा आयोजितसहकारी : एक अवसर चुनौतीविषयक प्रतियोगितामा स्याङ्जा माध्यमिक विद्यालय, स्याङ्जा कक्षा की जेयुशा पोख्रेल (जेनिसा) प्रथम भएकी छन्। काजिमान हरिटिका माध्यमिक विद्यालयकी ओजस्वीसिग्देल द्वितीय ज्ञानोदय आवासीय माध्यमिक विद्यालयकी सलिशा के.सी. तृतीय भएकी छन्।

प्रतियोगितामा विभिन्न विद्यालयबाट २९ जना विद्यार्थीको सहभागिता रहेको थियो। विद्यार्थीहरूले सहकारीको वर्तमानअवस्था, यसले सिर्जना गर्न सक्ने अवसर, देखिएका चुनौती तथा युवापुस्ताको भूमिकाबारे आफ्ना विचार धारणा प्रस्तुतगरेका थिए। प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष तथा प्रमुख अतिथि लोकनाथ रेग्मी, सहयात्री कोअपरेटिभका अध्यक्ष गोविन्दप्रसाद शर्मा, सल्लाहकार अनन्तकुमार श्रेष्ठ तथा सूर्योदय बचत तथा ऋणसहकारीका अध्यक्ष शालिग्राम मरासिनी लगायतले सहकारीको दिगो विकासका लागि सुशासन, पारदर्शिता, वित्तीयअनुशासन सदस्यकेन्द्रित सेवासँगै नयाँ पुस्तालाई सहकारी अभियानसँग जोड्नुपर्ने धारणा व्यक्त गरेका थिए। वक्ताहरूलेसहकारी क्षेत्रको भविष्य केवल संस्थाको आर्थिक कारोबारमा नभई युवाको ज्ञान, सीप, सिर्जनशीलता नेतृत्व विकाससँगपनि जोडिएको उल्लेख गर्दै विद्यार्थी तहदेखि नै सहकारी सम्बन्धी व्यवहारिक ज्ञान सकारात्मक सोचको विकास आवश्यकरहेको बताएका थिए। प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा वेदप्रसाद पौडेल तथा सदस्य सूर्योदय साकोसकापूर्वअध्यक्ष हुमबहादुर कुमाल सहयात्री कोअपरेटिभका अध्यक्ष गोविन्द प्रसाद शर्मा रहेका थिए।

सहयात्री कोअपरेटिभको शिक्षा विभाग संयोजक राजेन्द्रबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिवरमेश गोदार एवम् सञ्चालन शिक्षा विभागका सदस्य ओमप्रकाश रेग्मीले गरेका थिए। प्रतियोगिताले तीन विजेता मात्र छानेन, २९ जना विद्यार्थीको आवाजमार्फत सहकारीको भविष्यबारे एउटा महत्वपूर्ण प्रश्न पनि उठायोअबको सहकारी कस्तोबनाउने? यही प्रश्नको उत्तर खोज्दै विद्यार्थीहरूले प्रस्तुत गरेका विचार, तर्क सम्भावनाले कार्यक्रमलाई केवल प्रतियोगितामासीमित नराखी नयाँ पुस्तासँग सहकारीको सम्बन्ध जोड्ने अर्थपूर्ण मञ्च बनाएको आयोजकको विश्वास छ।

More News last news
Loading...