जन्मोत्सवमा समाजसेवाको सन्देश : संस्कृत गुरुकुलमलाई फ्रिज सहयोग

जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी समाजोपयोगी कार्यसँग जोड्ने प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिका झौरीखेत निवासी खेमराज सुवेदीको ५०औँ जन्मोत्सवको अवसरमा उनका दाजु सूर्यप्रसाद सुवेदी तथा परिवारको तर्फबाट पुतलीबजार नगरपालिका१४ स्थित पाणिनी आश्रम तथा संस्कृत गुरुकुलम् विद्यालयलाई करिब रु. ५० हजार बराबरको फ्रिज प्रदान गरिएको छ ।

मंगलबार बिहान आयोजित कार्यक्रममा आश्रमका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षता तथा १००८ स्वामी हंसानन्दको प्रमुख उपस्थितिमा उक्त फ्रिज हस्तान्तरण गरिएको होसहयोग सामग्री ग्रहण गर्दै आश्रम पक्षले यस्ता सहयोगले गुरुकुलमा अध्ययनरत बटुकहरूको दैनिक जीवन आश्रमको व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको थियो । कार्यक्रममा सूर्यप्रसाद सुवेदी खेमराज सुवेदीले मन्तव्य व्यक्त गर्दै जन्मोत्सवलाई समाजप्रतिको उत्तरदायित्वसँग जोड्नु नै वास्तविक उत्सव भएको धारणा राखेका थिए । कार्यक्रममा नरेन्द्र न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने सचिव ऋषीराम शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertisement

सो अवसरमा गुरुकुलका बटुकहरूद्वारा स्वस्ती वाचन तथा जन्मोत्सव विशेष गीत प्रस्तुत गरिएको थियोजसले कार्यक्रमलाई आध्यात्मिक सांस्कृतिक गरिमा प्रदान गरेको थियो । आश्रमले सहयोगदाता परिवारप्रति कृतज्ञता व्यक्त गर्दै खादा र मालाद्वारा सम्मान समेत गरेको थियो । व्यक्तिगत खुसीलाई समाज हितमा रूपान्तरण गर्दै गरिएको यस्तो सहयोगले धार्मिक तथा शैक्षिक संस्थाप्रतिको सामाजिक उत्तरदायित्वलाई अझ बलियो बनाएको सहभागीहरूले बताएका छन् । यस्ता मानवीय सेवामूलक कार्यले समाजमा सहयोग, संस्कार परोपकारको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

More News last news
Loading...