‘सिंह शार्दुल गुल्म’को शिघ्र प्रभावी आयोजना : नुवाकोटमा २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की हस्तान्तरण

स्याङ्जाको पुतलीबजार नगरपालिका–५ स्थित जिल्लाको पुरानो सदरमुकाम नुवाकोटमा नेपाली सेनाको सिंह शार्दुल गुल्मद्वारा शिघ्र प्रभावी आयोजना (Quick Impact Project) अन्तर्गत निर्माण गरिएको २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

पश्चिम पृतना मुख्यालयको सहयोगमा सम्पन्न उक्त आयोजनाअन्तर्गत निर्माण गरिएको खानेपानी ट्याङ्की एक विशेष समारोहका बीच स्थानीय समुदायलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा पश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी भोलानाथ थापा, पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक रन्जित सिंह राठौर, वडा न ५ का वडा अध्यक्ष अर्जुन कुमार कार्की, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा, जनप्रतिनिधि, नेपाली सेनाका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा बोल्दै वक्ताहरूले खानेपानीजस्तो आधारभूत आवश्यकताको व्यवस्थापनमा नेपाली सेनाले स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरेका यस्ता शिघ्र प्रभावी आयोजनाले समुदायको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नवनिर्मित २० हजार लिटर क्षमताको उक्त ट्याङ्की सञ्चालनमा आएपछि नुवाकोट क्षेत्रका बासिन्दालाई स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। साथै, समुदायको आवश्यकता पहिचान गरी सञ्चालन गरिएका यस्ता विकासमुखी कार्यक्रमले स्थानीय तह र नेपाली सेनाबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास समेत व्यक्त गरिएको छ।

More News last news
Loading...