स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न ३ मा रहेको मजुवा फाँट सहरीकरण उपभोक्ता समितिले प्रत्यक्ष संवाद तथा स्थलगत अवलोकन कार्यक्रम सम्पन्न गरेको छ । समितिेले मंगलबार स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी मजुवाफाँट जग्गा एकिकरण आयोजनाका सन्दर्भमा त्यसका उद्देश्य र आगामी कार्यदिशाका बारेमा सरोकारवाला,पत्रकार एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा पुतलीबजार नगरपालिका वडा न ३ का कार्यबाहक वडा अध्यक्ष सोम बहादुर कुँवर, मालपोत कार्यालय स्याङ्जाका बाल प्रसाद श्रेष्ठ, उद्योग वाणिज्य महासंघ गण्डकीका नि वर्तमान कोषाध्यक्ष नवराज सुवेदी, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ, युवा समाजसेवी अभियान्ता अनन्त कुमार श्रेष्ठ,
पत्रकार तथा नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका नि वर्तमान उपाध्यक्ष हिक्मत श्रेष्ठ, डा दिपेन्द्र पराजुली लगायतले आफ्ना जिज्ञासाहरु सहित मजुवा फाँट एकिकृत नमुनायोग्य बस्ती निर्माण आयोजनासंग सम्बन्धित रहेर आआफ्ना विचार र धारणा व्यक्त गरेका थिए ।
सो कार्यक्रममा बृहत्तर महत्वको यो आयोजना र क्षेत्र विशेषगरी व्यवस्थित आवास, सडक सञ्जाल, खानेपानी, सरसफाइ तथाआधुनिक बस्ती विकासको अवधारणासहित अघि बढाइएको र नमुना बस्तीको रूपमा अघि बढाउने मुलभुत उद्देश्य राखि अघि सारिएको समितिका अध्यक्ष राजेश श्रेष्ठले बताए । समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य मिमलाल श्रेष्ठले स्वागत एवम् कार्यक्रमको सन्चालन रमेश गोदारले गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
