गण्डकी मेडिकल कलेज पोखरा र स्याङ्जाको भीरकोट १ मा रहेको शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सहकारीका शेयर सदस्यहरूलाई विभिन्न स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले बिहिबार यी दुई संस्थाबीच गण्डकी मेडिकल कलेज पोखरामा सो सम्झौतापत्रमा हस्ताक्षर भएको मेडिकल कलेजका सुचना अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।
सुचना अधिकारी पौडेलका अनुसार सो सम्झौतापत्रमा गण्डकी मेडिकल कलेजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथाप्राचार्य डा रविन्द्र प्रसाद श्रेष्ठ तथा शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट अध्यक्ष भक्त बहादुर के सी ले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्रमा शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरूले गण्डकी मेडिकल कलेजमा उपचार गराउँदाविभिन्न स्वास्थ्य सेवाहरूमा विशेष सहुलियत प्राप्त गर्नेछन् भने सहुलियत प्राप्त हुने सेवाहरूमा दर्ता शुल्क, ओपीडी सेवा, प्रयोगशाला (ल्याब) परीक्षण, एक्स–रे, ईसीजी, अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआई, बेड शुल्क, दन्त उपचार लगायतकाविभिन्न सेवाहरू उल्लेख गरिएको छ ।
सहुलियत प्राप्त गर्नका लागि सेवाग्राहीले सहकारी संस्थाबाट प्रमाणित परिचयपत्र (आईडी कार्ड) वा आवश्यकभेरिफिकेसनसहित उपस्थित हुनुपर्ने उल्लेख छ भने गण्डकी मेडिकल कलेजले गुणस्तरीय स्वास्थ्य सेवा तथा निर्धारितसहुलियत उपलब्ध गराउने विषय उल्लेख छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
