नेपाल लाईफको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम : १२ थान कम्प्युटर सेट प्रदान

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्याङ्जाका विद्यालयलाई १२ थान कम्प्युटर प्रदान गरेको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका चिफ फाइनान्स अफिसर चार्टर एकाउन्टेन्ट प्रेम रेग्मी इन्जिनियर उज्ज्वल  रेग्मीको पहलमा भीरकोटका दुई सामुदायिक  विद्यालयहरूलाई  कम्प्युटर प्रदान गरिएको हो । पहलकर्ता दुबैजना भाग्योदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थी हुन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार नेपाल लाइफले भीरकोट नगरपालिका वडा नं मा अवस्थित भाग्योदय माध्यमिक विद्यालय   वडा नं को पब्लिक एकेडेमी माध्यमिक विद्यालयमा १२ थान कम्प्युटर प्रदान गरिएको नेपाल लाईफ ईन्स्योरेन्स स्याङ्जा शाखा प्रमुख सुशिल भण्डारीले जानकारी दिए । यस्तै,भीरकोट कै भाग्योदय मा.वि. लाई थान पब्लिक एकेडेमीमा.वि. लाई थान कम्प्युटर वितरण गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका वालिङ शाखा प्रमुख देवी प्रसाद न्यौपानेले जानकारी दिए ।

Advertisement

More News last news
Loading...