स्याङ्जा चेम्बर अफ कमर्श स्याङ्जाले स्याङ्जा सरुवा भएका स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रन्जित सिंह राठौर र प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीलाई स्वागत तथा सम्मान गरेको छ । बुधबार आफ्नै कार्यालयमा चेम्बर स्याङ्जाले नव आगन्तुक प्रहरी प्रमुख राठौर र नायब उपरीक्षक अवस्थीलाई एक कार्यक्रमका बिच स्वागत गरेको हो ।
कार्यक्रममा स्याङ्जा प्रहरी प्रमुख राठौरले स्वागतका लागि चेम्बर स्याङ्जालाई धन्यवाद ज्ञापन गर्दै स्याङ्जाको बसाई सबैको साथ र सहयोग अनि सकारात्मक समन्वयबाट नै सुखद र सफल हुने विश्वास र अपेक्षा रहेको बताए ।
कार्यक्रममा चेम्बर स्याङ्जाका नि वर्तमान अध्यक्ष लोकनाथ रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्दै स्वागत गरेका थिए ।चेम्बर स्याङ्जाका अध्यक्ष श्री बहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजु अधिकारीले स्वागत एवम् सन्चालन सचिव ओम प्रसाद पौडेलले गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
